कर्णाली प्रदेशमा तरकारीको अभाव शुरु


१६ बैशाख, सुर्खेत । विश्वव्यापीरुमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनमा राखेको छ ।

यही लकडाउनलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा बाहिरबाट भित्र्याउने सबै तरकारीहरुमा रोक लगाए संग प्रदेशमा तरकारी अभाव हुँदै गएको हो । स्थानीय स्तरमा उत्पादन भएका तरकारीले प्रदेशको राजधानी र छिमेकी जिल्लाहरु धन्न गाह्रो भएको पुजा सब्जी मण्डी वीरेन्द्रनगर सुर्खेतका प्रोप्राइटर पुजा सिंह बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ ‘छिमेकी देश भारतबाट तरकारी आयात हुँदा सम्म तरकारीको कुनै समस्या थिएन तर प्रदेश सरकारले तरकारी भित्र्याउन रोक लगाए संगै अभाव शुरु भएको हो । स्थानीय स्तरमा उत्पादन भएका काउली, बन्दा, सिमी र काँक्रा मात्र यतिवेला हामीले विक्री गरिरहेका छौं तर यतीले पुग्दैन् । तरकारीकालागि चाहिने टमाटर अभावले पनि स्थानीय तरकारी पनि खपत कम भएको हो ।’

यदी लकडाउन अझै थपिदै जाने हो भने आलु र प्याज पनि अभाव हुने पुजा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘ अहिले हामी संग प्याट करिब ८ टन मौज्दात छ त्यस्तै आलु केही मात्रा स्थानीय मात्र पाइने गरेको छ ।’

तर यतिवेला भने नागरिकले प्रशस्त मात्रामा साग खान पाइरहेको स्थानीय नगेन्द्र चन्द बताउनुहुन्छ । यहाँ भन्नुहुन्छ यो लकडाउनको समयमा विहानै डोके व्यापारीले घरघरै साग ल्याइदिने हुनाले साग खान पाइएको छ ।

स्मरण रहोस अहिले वीरेन्द्रनगर नगरपालिका वडा नं १ ले वडावासीहरुकालागि ताजा तरकारी विक्री वितरण गर्दै आएको छ ।  त्यस्तै स्थानीय उत्पादन टमाटरको मूल्य १ सय ३० देखि १ सय ५० सम्म पुगेको छ ।