सुर्खेतको पञ्चपुरीमा ५७ पिन्ट रगत संकलन



२४ फागुन, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । लायन्स क्लब अफ सुर्खेत बुलबुलेको आयोजना तथा नेपाल स्वयंसेबी रक्तदाता समाज पञ्चपुरीको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतका उप सभापति प्रदिप्त पौडेलले रक्तदानको महत्त्व र औचित्यका बारेमा प्रष्ट पार्नुभएको थियो । लायन्स क्लब अफ सुर्खेत बुलबुलेका अध्यक्ष तिलकराम अधिकारीको अध्यक्षतामा एवं पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल रक्तदाता समाज पञचपुरीका अध्यक्ष डिल्लिराम घिमिरेले स्वागत मन्तव्य राख्नुभयको थियो भने कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ सुर्खेत बुलबुलेका सचिब भद्र बहादुर थापाले गर्नुभएको थियो ।

कार्यक्रममा ५७ पिन्ट रगत संकलन भएको थियो ।