८ चैत्र, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियाले ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा परियारले ५९ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) अन्तर्राष्ट्रिय दिवसको अवसरमा कर्णाली प्रदेशवासि लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्क्त गर्दछु ।
गोराहरुले गरेको रंगभेद र विभिन्न कालखण्डमा चलेको जातिय छुवाछुत तथा वर्गिय मुक्त्ति विरुद्धको आन्दोलनमा शहादत प्राप्त गनुहुने सम्पुर्ण मुक्त्तिकामी महान शहिदहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्क्त गर्दछु । नेपालको संविधान तथा यस अन्तर्गत भएका कानुनी व्यवस्थाले जातीय आधारमा हुने सबै प्रकारका विभेद, बहिष्करण, बञ्चितीकरण र हिंसालाई अपराधको रूपमा लिदै त्यसलाई निषेध गरेको छ । विविधता विचको एकता,सामाजिक ,सांस्कृतिक ऐक्यवद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गिय,जातिय,क्षेत्रिय,भाषिक, धार्मिक,लैङगीक विभेद तथा सबै प्रकारका जातिय विभेदको अन्त्य गरी आर्थिक समानता ,समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न संघियता,धर्मनिरपेक्षता,समानुपातिक समावेशि र सहभागितामुलक सिद्धान्तका आधारमा समतामुलक समाजको निर्माण गर्ने संकल्प संविधानले गरेको छ ।
तथापि, समाजमा विद्यमान पुरातन सोच,आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन सकिरहेको छैन । छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य छ । यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण¸ सभ्य¸ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाचो रहेको छ । यसका लागि सबै पक्षको एकताबद्ध र निरन्तर प्रयासको आवश्यकता पर्दछ भन्ने मलाई लागेको छ । जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन म सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु । सबै जात–जाति र समुदाय बीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउन समेत आजको दिवसले सबैलाई अभिप्रेरित गर्नेछ भन्ने मलाई विश्वास छ ।
अन्तमा, जातीय तथा रंगभेद उन्मूलन दिवस (२१ मार्च) अन्तराष्ट्रिय दिवसबाट सामाजिक तथा रुढिवादी सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता¸सद्भाव र सहिष्णुता अभिवृद्धि भई छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु । उल्लेख गर्नुभएको छ ।




Prawash Kumar Shakya । ८ चैत्र २०८०, बिहीबार ०७:११ बजे