प्रहरी प्रधान कार्यालय नक्सालले १७ डिएसपीलाई एसपीमा बढुवा गरेको छ।
प्रहरीको बढुवा समितिको बैठकले १७ जना डिएसपीलाई प्रहरी उपरीक्षक ९एसपी०मा बढुवा गरेको हो। बढुवा समितिको शुक्रवार बसेको बैठकको सिफारिस अनुसार प्रहरी प्रधान कार्यालयले १७ जनालाई एसपीमा बढुवा गरेको हो।
एसपीमा बढुवा हुनेहरुमा राजकुमार बैदवार, जनकराज पाण्डेय, मुकेशकुमार सिंह, हृदय थापा र यज्ञविनोद पोखरेल रहेका छन्।
यसैगरी सुरेन्द्रप्रसाद मैनाली, गोरख सिंह भण्डारी, कृष्णहरी शर्मा पोखरेल, अशोक सिंह, चक्रमबहादुर सिंह, सुदम कुमार सिजापति, भोला बहादुर रावल, दिल्लीराज बिष्ट, कमल कुमार खरेल, प्रमोद कुमार खरेल, रमेश थापा र सुदिप राजभण्डारी एसपीमा बुढवा भएका छन्। साभारः सेतोपाटी ।




Milan Shrestha । ९ फाल्गुन २०७२, आईतवार ०८:०४ बजे