गणतन्त्र दिवसमा रक्तदान, ३२ पिन्ट रगत संकलन


१५ जेठ, सुर्खेत ।  १७औं गणतन्त्र दिवसको अवसरमा आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वीरेन्द्रनगर जेसिज, सुर्खेत महिला जेसिज र वीरेन्द्रनगर जुनियर जेसिज सुर्खेतले संयुक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले मानवीय जीवनको सर्वोत्तम कार्य रक्तदान कार्यक्रम गरेर आयोजकले महान कार्य गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो “अब देश चलाउने जिम्मा यूवापुस्ताको काँधमा आउन जरुरी रहेको छ । जेसिजबाट त्यस्ता तमाम यूवापुस्ता तयार भएको छ जस्ले नेतृत्व लिन सक्षम भैसकेका छन् ।”

त्यस्तै कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारी जेसिजका सिता भण्डारी लगाएतले आआफ्नो मन्तब्य राख्नुभएको थियो । जेसिज सुर्खेतका महासचिव महेन्द्र थापाले सहजीकरण गर्नुभएको कार्यक्रममा महिला पुरूष गरि ३२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत शाखाको समन्वयमा सम्पन्न भएको हो ।