
२७ असार, सुर्खेत । नेपाल मोबाइल व्यावसायी महासंघ कर्णाली प्रदेशले आज प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको पिपत चौतारामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
महासंघको तेश्रो स्थापना दिवसको अवसरमा आज प्रदेश राजधानीमा रक्तदान कार्यक्रम गरेको हो । महासंघ कर्णालीका अध्यक्ष भगतबहादुर रावलले मानवीय जीवनको सर्वोत्तम कार्यक्रम रक्तदान कार्यक्रमको आयोजना गर्न पाउनु नै महत्वपूर्ण कार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो “व्यावसायीहरुले व्यापारमा मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर हुनपर्छ सोचका साथ हामीले रक्तदान कार्यक्रम गरेका हौं ।”
कार्यक्रममा कर्णालीका सर्वाधिक स्वयंसेवी रक्तदाता प्रवाश कुमार शाक्यले प्रत्येक यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै रक्तदानमा लाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो । “प्रत्येक स्वस्थ व्यक्तिले ३/३ महिनामा रक्तदान गर्न सक्छन् तर यहाँ मानिसहरुमा रक्तदान गरिसके पछि मलाई केही हुन्छ कि भन्ने डरले धेरै जना पछाडी रहेका छन् । रगत पसलमा गएर खरिद गर्न नसक्ने वस्तु हो त्यसैले यो मानव जीवन बचाउनकालागि पनि रक्तदान गर्न आवश्यक छ आउनुहोस रक्तदान गरौं ।”
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमा ३२ पिन्ट रगत संकलन गरिएको थियो ।



Milan Shrestha । २७ असार २०८१, बिहीबार १२:१५ बजे