नेपाल स्वयंसेवी रक्तदाता समाजको रक्तदान उत्प्रेरणा गित युट्यूवमा सार्वजिक (भिडियोसहित)


४ असार, काठमाण्डौं । गत जेठ ३२ गते “२० विश्व रक्तदाता दिवस”को अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाजले सार्वजनिक गरेको रक्तदाता उत्प्रेरण सम्वन्धी जनचेतनामूलक गित आज यूट्युवमा सार्वजनिक गरिएको छ । गितको अडियोलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हसिना खानद्वारा लाेकार्पण गरिएको थियो ।

नेपालका सर्वाधिक रक्तदाता (१७८औं पटक) रक्तसम्राट प्रेमसागर कर्माचार्यको शब्द तथा निर्मला घिसिङ्गको स्वर एवं मनराजा नकर्मीको संगित रहेको गितमा हरिशरण लामिछाने र रमेश भट्टको आवाज रहेको छ । गितमा रचनाकार कर्माचार्यले विपद बुझ्ने को कहाँ छौं भन्दै प्रश्न गर्नुभएको छ । त्यस्तै गितमा कर्माचार्यले विरामीका आफन्तले विरामीकालागि चाहिने रगत खोज्दा भौंतारिएको व्यथा समेत उजागर गर्दै यो पिडामा सबैलागेर रक्तदान गर्न आग्रह गरिएको छ ।

गितमा गत जेठ ५ गते नेपाल स्वयंसेवी रक्तदाता समाजले करिब ३४ मिटरको उचाई रहेको खप्तडमा गरिएको रक्तदान कार्यक्रमको दृश्य र अन्य दृश्यहरु समावेश गरिएको समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले जानकारी दिनुभयो ।  गितलाई त्रिरत्न पिएम मिडिया हाउसको युट्युव च्यानलबाट हेर्न सकिन्छ ।