ललितपूरमा रक्तदान तथा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न


ललितपुर / शुभदिपावली २०८२ एवं नेपालीहरुको नयाँ बर्ष नेपाल संवत् ११४६ को शुभ उपलक्ष्यमा विशेष रक्तदानका साथै चियापान कार्यक्रम ललितपूरको धापाखेलमा सम्पन्न भएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको थियो ।

ललितपूर धापाखेलको ब्रम्हटाेल मिसा पुच:का अध्यक्ष बुद्धिलक्ष्मी महर्जनकाे सभापतित्वमा तथा २३ नम्वर वडा अध्यक्ष जीवन महर्जन प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र कार्यसमिति सदस्य राजु महर्जनको उपस्थिति रहेको थियो ।

कार्यक्रममा “प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षकाे जन्माेत्सबसंगै रक्तदानकाे शुभारम्भ गराैं !” मूल आह्वानलाई सार्थक सिद्ध गर्न तयार पारिएकाे – start 18 stars team काे अवधारणानुरूप आज आफ्नो १८औं वर्षकाे जन्मदिनलाई रक्तदान गरि मनाउनु हुने सुदीना महर्जनलाई start 18 stars team काे लाेगाे अंकित ब्याज ब्रम्हटाेल मिसा पुच:का अध्यक्ष बुद्धिलक्ष्मी महर्जनले पहराई कदर गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले शुभकामना-पत्र प्रदान गरि सम्मान जाहेर गर्नुका साथै रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र वितरण गर्नुभएको थियोे ।

सुदीना महर्जन