३ श्रावण, सुर्खेत । यातायात कार्यलय सुर्खेतमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले छड्के निरिक्षण गर्नुभएको छ ।
सेवाग्राहीको जनगुनासो बढेपछि बिहिबार मन्त्री बुढाले यातायात कार्यालय सुर्खेतमा छड्के अनुगमन गर्नुभएको हो । मन्त्री बुढाले कार्यलयमा अनुगमनका क्रममा कार्यालय ब्वस्थापन अस्तब्यस्त रहेको, कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई कर्मचारीले गर्ने ब्यवहार राम्रो नभएको र सेवाग्राहीले सेवा लिँदा सहजै लिन नपाउने अनेकन समस्याहरु खेपि रहेको पाइएकाे बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानीमा रहेको मुख्य कार्यालयले समेत यातायातका लागि दिने सेवा सहजै दिन नसकेको गुनासो सेवाग्राहीले गरेपछि कार्यालयको अनुगमन गरेको उहाँको भनाई छ । फाँटका कर्मचारी समयमा नआउने, सेवा दिन आनाकानी गर्ने र गलत मनाशयमा काम गर्ने गरेको गुनासो बढी छ सरकारी कार्यालयमा र जति सके सेवा द्रुत दिने कार्यालयमा यसरी लापरवाही हुनु गैरजिम्मेवार काम भएकोले पहिलो पटक सचेत गराउन अनुगमन गरिएको मन्त्री बुढाले बताउनुभयो ।
सवारी चालक अनुमति पत्र, सवारी नविकरण लगायतका अन्य यातायातबाट हुने सेवाहरुमा तत्काल सहज पहुच बनाउन निर्देशन दिएको मन्त्री बुढाले जानकारी दिनुभयो । भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाले यातायात कार्यालय सुर्खेतमा बिहिबार अनुगमन गर्नुभएको हो । यातायात कार्यालय सुर्खेतमा सेवाग्राहीलाइ बस्ने ब्यवस्था समेत छैन भने तत्काल सेवाग्राहिका लागि काउण्टर समेत थप गर्न र बिधुत सेवाको समस्या समाधान गर्न जेनेरेटर समेत ब्यवस्थापन गर्न मन्त्री बुढाले निर्देशन दिनुभयो ।



Milan Shrestha । ३ श्रावण २०८१, बिहीबार १३:३२ बजे