
पवन जायसवाल
१ भाद्र, बाँके । “स्वच्छ प्रशासन, सक्षम व्यवस्थापन आजको आवश्यकताः संस्थागत सुधार, कर्मचारी हकहित हाम्रो प्रतिवद्धता” नाराका साथ नेपाल विद्युत प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ नेपालगन्ज इकाई समितिको आयोजनामा रक्तदान कार्यक्रम आज (शनिवार) गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि राजिव सिंह लगायत अतिथिहरुले रगत संकलन गर्ने थैली प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र राजेन्द्र महतारलाई हस्तान्तरण गर्दै ३९ औं वर्षको अवसरमा केक काटेर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
भाईराजा श्रीवास्तवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत प्राद्यीकरण कर्मचारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद जैसी, बिशिष्ट अतिथि तथा लुम्बिनी प्रादेशिक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजिव सिंह, को नेपाल विद्युत प्राद्यीकरण वितरण केन्द्र नेपालगन्जका निमित्त प्रमुख बुद्धिसागर भुषाल, नेपाल टे«ड युनियन काँगे्रस बाँकेका का.बा. अध्यक्ष तोजेन्द्र बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
बाँकेको नेपालगन्जमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगन्जको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ३२ जनाले उत्साहजनक रुपमा रक्तदान गर्नुभएको थियो ।
Prawash Kumar Shakya । १ भाद्र २०८१, शनिबार २०:५६ बजे