१८ भाद्र, सुर्खेत । देशमा विभिन्न राजनितिक उथलपुथलले सरकारको विभिन्न काम कारवाहीले चर्चा तथा विरोधको स्वरहरु गुन्जिरहने भैरहेको अवस्थामा अहिले सुर्खेतमा पनि कर्णाली सरकारको कर्मचारी सरुवाले विरोधका स्वरहरु गुञ्जिन शुरु भएको छ । आफ्नो विज्ञता भन्दा तथा दरबन्दी नै नभएको ठाउँमा एक चिकित्सको सरुवा सँगै कर्णाली सरकारको चर्को विरोध शुरु भएको हो ।
कर्णाली सरकारले यही भाद्र १३ गते सुर्खेतको मेहेलकुना अस्पतालमा कार्यरत डा.सोजन सापकोटा (वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जन-दशौं तह) सरुवा गरे सँगै डा. सापकोटाले आफ्नो विज्ञता अनुसारको दरबन्दी भएको ठाउँमा सरुवा गर्न माग गर्नुभएको छ ।
डा. सापकोटाले आफ्नो फेसबुक प्रोफाइलमा लेख्नुहुन्छ “२०८१ भाद्र १३ गते मेरो काज सरुवा को निर्णय भएर २०८१ भाद्र १५ गते वेबसाइट मा राखियो । म डा शोजन सापकोटा, वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जन ( दशौं तह), हाल मेहलकुना अस्पतालको कार्यालय प्रमुख को रूप मा कार्यरत छु । मेरो सरुवा मानव संसाधन विकास केन्द्र मा गरिएको रैछ । मानव संसाधन विकास केन्द्र, सुर्खेत मा वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जनको दरबन्दी छैन र मैले गर्नु पर्ने उपयुक्त काम पनि छैन । मेरो विज्ञता अनुसार मेरो काम हुने ठाउँ भनेको की प्रदेश अस्पताल सुर्खेत हो की त महेलकुना अस्पताल हो । Operation गर्नु मेरो विज्ञता भएको कारण मेरो विज्ञता को उपयोग हुनु भनेको सरकार तथा बिरामी हरुको लागी उपयुक्त कुरा हुन्छ । वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जन को पद मा काम गरिरहेको मैले ठूलो ठूलो अपरेसन गर्नु पर्ने हुन्छ । मेहेल्कुना हस्पिटलमा बसेर सानो र मझौला खालको अपरेसन गर्दा र यहाँको व्यवस्थापन सम्हाल्दा पनि बिरामी लाई धेरै राहत भएको महसूस गरेको थिए । कै गरी यहाँ बाट प्रदेश अस्पताल सरुवा भएर गए पनि प्रदेश अस्पताल को विषेशज्ञ सेवा यहाँ विस्तार गर्ने सोच मा थिए । मेहेलकुना अस्पतालमा बसेर विगत ४ वर्षमा धेरै सुधार ल्याउन कोशिश गरे । केही सुधार भयो पनि केही बाँकी पनि छ । अझै सुधार गरौं भन्ने इच्छा पनि छ । यसको बावजूद पनि मेरो सीपको उपयोग नहुने ठाउँमा सरुवा गर्नाले कर्णालीमा भएको एउटा विषेशज्ञको सीप खेर जान लागेको अवस्था देखिएको छ । मेरो कोशिश सदैव राम्रो, ठीक काम गरौं भन्ने रही रहनेछ । ऐले को लागि यो सरुवा बदर हुनु नै ठीक देख्दछु । र म सरकारलाई मेरो यो सरुवा बदर गर्दा राम्रो हुने सुझाब दिन चाहन्छु। सबैको सल्लाह सुझाव को आशा राख्दछु । धन्यवाद।”
डा. सापकोटाले मेहेलकुनाको एक स्थानीय मेडिकलले सरकारी अस्पतालका MBBS डाक्टरद्वारा २४सै घण्टा सेवा उपलब्ध छ भनेर सुचना गरे सँगै सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल बाट नै सेवा प्रदान गर्दै आएको जानकारी गराइन्छ साथै कुनैपनि स्वास्थ्यकर्मीले अनुमती विना अस्पताल बाहिर प्राइभेट क्लिनिकमा काम गरे कारवाही हुने विज्ञप्ती निकाल्नु भएको थियो ।
स्टाट्स आएसँगै राजनैतिक विश्लेषक चिन्तामणी शर्मा लेख्नुहुन्छ ” सुर्खेत स्थायी घर, दमदार पर्शनालिटी, अन्याय र अत्याचार विरुद्ध उभिने, मैले पाएकाे जानकारी अनुसार स्थायी डाक्टर भएकै १९ बर्ष पुगेको र प्रदेश अस्पतालकाे निर्देशक बन्ने याेग्यता पुगेको क्षमतावान डाक्टर साेजन सापकोटालाई प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले मेहेलकुना अस्पतालबाट हठात वीरेन्द्रनगरकाे प्रयाेगशालामा सरुवा गरेछ । एउटा बरिष्ट सर्जनलाई अन्यायपूर्ण तरिकाले विशेषज्ञता नमिल्ने ठाउँमा थन्काउने हिसाबले गरिएको सरुवा विरुद्धमा बाेल्ने आँट भएको व्यक्ति भए सरुवा बदरका लागि ऐक्यबद्धता जाहेर गर्न र अन्यायकाे विरुद्धमा खम्बा झै उभिन आह्वान गर्दछु । लाेकतन्त्रमा आफ्ना कुराहरु प्रष्ट राख्न पाउनु पर्छ । अन्याय अत्याचार विरुद्ध बाेलेकै भरमा यस्तो कार्वाही हुने हाे भने राणा र पंचायत किन फालेको ? ती व्यवस्था बाेल्नेका लागि थिएनन्, अरु शासन व्यवस्था अहिलेकाे भन्दा त ठिकै थियाे नि !
त्यस्तै सुर्खेत कै अर्का चर्चित यूवा रविकिरण हमाल पनि आफ्नो फेसबुकमा यस्तो लेख्नुहुन्छ ” पुर्वी सुर्खेतको सबैभन्दा ठूलो स्वास्थ्य संस्था मेहेलकुना अस्पताललाई धराशायी बनाउने कुरा रोक्नु हाम्रो कर्तव्य हो । हाम्रो अस्पताललाई चोट पुग्दा त्यहाँको जिम्मेवार बासिन्दा हुनुको नाताले आवाज उठाउनु मेरो धर्म हो । सरकारी अस्पताललाई ध्वस्त पार्ने र निजि मेडिकल चलाएर जनतालाई चर्को शुल्क लिने कुरा स्वीकार्य हुँदैन । जसरी आज सरकारी अस्पतालमा करिब ९ हजार अतिआवश्यक जनशक्ति कम रहेको स्वास्थ मन्त्री प्रदीप पौडेलले समेत सार्वजनिक गरिरहेको अवस्थामा मेहेलकुना अस्पतालमा काम गरिरहेका सर्जन डाक्टरलाई मानवसंसाधनमा थन्क्याएर राख्नु जायज हो ? उक्त कदम जनताको पक्षमा छ त? कार्यालयहरुमा वरिष्ठ कर्मचारीलाई विभिन्न बहानामा थन्क्याएर तल्लो तहकालाई जिम्मेवारी दिने र यसम्यान बनाउने कुरा विधि पद्धति अनुसार हो त ? यो स्वार्थ र जालझेल होईन ? अस्पताल जस्तो संबेदनसिल ठाँउमा राजनीति गर्ने र अझ तोडफोड मात्र होईन स्वास्थकर्मी माथि समेत हातपात हुने कुरा कति लाजमर्दो र घृणित छ । आज बर्षौ भयो अस्पतालको भवन निर्माण अलपत्र भएको, स्वास्थ सामग्री र उपकरण अभाव छ । त्यतातिर कसैको ध्यान छ ? मन्त्री भनेको पार्टीको हो कि साझा हो? मन्त्री सबैथोक हो? मनपरि गर्न पाइन्छ ? यस्ता गलत कुरा विरुद्ध लड्न र सशक्त प्रतिवाद गर्न पुर्वी सुर्खेतका जनतालाई अपिल गर्दछु ।
अर्का यूवा दिपेन्द्र शर्मा फेसबुकमा लेख्नुहुन्छ “ यो देश राणा शासनमा चलेकै हो त ? उहाँ हुनुहुन्छ वरिष्ठ कन्सल्ट्यान्ट जेनेरल सर्जन (दशौं तह), मेहलकुना अस्पताल डाक्टर Sojan Sapkota जुन प्रदेशमा समायोजन भएका मध्ये सिनियर हुन् । डाक्टरलाई एक अस्पतालबाट अर्काे अस्पतालमा सरूवा गरिनुपर्ने हाे । तर कर्णालीकाे सामाजिक विकास मन्त्रालयले दरवन्दी नभएको मानव संशोधन केन्द्रमा पुर्याएछ । डाक्टरलाई अस्पतालमा खटाउने हाे ताकी कुनै एक दरवन्दी नै नभएको अमूक निकायमा पठाउनु राम्रो हो जस्तो लाग्दैन । उहाँ भन्नुहुन्छ महिले मेरो विज्ञता अनुसारको जिम्मेवारी पाउनुपर्छ साना मझौला अपरेसन मा राखेपनि खुसि नै थिएँ मेहेलकुना अस्पतालमा । कस्तो खालको राजनीतिक सुरुवात हो यो स्कुल र अस्पताल बाट मात्र गरिनुपर्ने ।
यस्तै अर्का यूवा निरज ढकाल फेसबुकमा लेख्नुहुन्छ “एउटा डाक्टर माथि गरिने राजनीति खेद जनक छ । Dr.Sojan Sapkota को विशेषज्ञताको कदर हुने ठाउँमा सरुवा मिलान गरियोस् ।
Prawash Kumar Shakya । १८ भाद्र २०८१, मंगलवार १३:२२ बजे