सिद्धार्थ बैंकको सहयोग विद्यालयलाई


२१ चैत, सुर्खेत । सिद्धार्थ बैंक शाखा कार्यालय सुर्खेतले विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको छ । भैरव माध्यमिक विद्यालय वीरेन्द्रनगर–४ लाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेको हो । सम्बन्ध संधैभरीलाई सिद्धार्थ बैंक भन्ने मुल नारासहित सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयलाई सहयोग गरिएको शाखा प्रबन्धक निर्मल बमले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘विद्यालयको शैक्षिक तथा विद्यार्थीको खेलकुदमा वृत्ति विकास गर्नका लागि बैंकको तर्फबाट सानो सहयोग उपलब्ध गराइएको छ’ ‘विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी भएका छौं ।’

विद्यालयको नतिजा प्रकाशन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वीरेन्द्रनगर वडा नं. ४ का वडा अध्यक्ष निलकण्ठ खनाललाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । नजिता प्रकाशन तथा सामाग्री हस्तान्तरण कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष कालुराम धौलाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।