बर्दियाको गुलरिया स्थित रहेको दीप डेन्टल क्लिनिकको आर्थिक सहयोगमा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनको आयोजनामा महिला पुरुष गरी ४० जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा व्यवसायी, समाजसेवी, नेपाल प्रहरी, खेलाडी, बैंकका कर्मचारी लगायतले ५ जना महिला र ३५ जना पुरुष गरी ४० जनाले रक्तदान गरेका हुन ।
कार्यक्रममा स्व.दीप बहादुर राना स्मृति फाउण्डेसनका संरक्षक तथा स्व. दीप बहादुर रानाको धर्मपत्नी लीला राना र फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले संयुक्त रुपमा प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
उक्त कार्यक्रमको आयोजना उहाँको छोरा अभय रानाले गर्नु भएको थियो । रक्तदान कार्यक्रम सफल गराउनका लागी प्रचारप्रसार नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकीले गर्नु भएको थियो
। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा फाउण्डेसनका अध्यक्ष देव चन्द राना, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सदस्य महबूब अली सिद्दीकी, पवीता शर्मा, नेरेन केसी, सरीन श्रेष्ठ, सुनील कठायत, किरण गिरी, हेमन्त कुमार चौधरी, रिमा कुमारी थारु, रन चौधरी, राजेश अधिकारी, देव नारायण चौधरी, विजय बोहरा, मकसूद अहमद, मदन सिग्देल, कपली घिमिरे, सुरेश पौड्याल, रंजन राजबंशी, शिव गुप्ता, दिक्शान्त सिग्देल, उत्सव साह, बिप्लव पाण्डे, बिष्णु बहादुर कार्की, भवेष भाट, अर्जुन भुषाल, राममिलन मुराऊ, राजेश रेग्मी, महबूब अली सिद्दिकी, राजु सन्त कुमार यादव, तेजीता आचार्य, आर्यन बनिया, किन्नु पसाद चौधरी, बिजय वर्मा, नबिन चौधरी, प्रकाश श्रेष्ठ, कमल कुमार श्रेष्ठ, अरबिन्द दाहाल, श्याम सिंह थारु, अर्जुन थारु, चन्द्र बहादुर थारु, अस्मिता देवकोटा लगायतले रक्तदान गरेका छन् ।
कार्यक्रममा होमराजा गिरी, महेश रानाक्षेत्री, जानकी बडुवाल, सुनिता लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो । रक्तदान कार्यक्रममा मिडिया पार्टनरमा न्यूज टवन्टीफोरका पत्रकारले प्रचारप्रसार ज्योति पन्थी गर्नुभएको थियो । भने कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरपालिका अध्यक्ष गंगाराम पाठक, नेपाल स्वयंसेवी रक्तदाता समाज राजापुर नगरपालिकाका अध्यक्ष लोकराज ढुंगाना लगायत समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Prawash Kumar Shakya । २३ आश्विन २०८१, बुधबार १९:११ बजे