
२२ भाद्र, काठमाण्डौं । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष एवं असिम अटो पार्टसका प्रोप्राइटर लक्ष्मण कँडेल ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान’ बाट सम्मानित हुनुभएको छ ।
कँडेललाई फोकस नेपाल संस्थाको ११ औं वार्षिक उत्सवको अवसरमा आज काठमाडौंमा आयोजित समारोहका वीच नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले संयुक्तरुपमा अध्यक्ष कँडेललाई ‘राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान -२०८०’ बाट सम्मानित गर्नुभएको हो ।

कँडेले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा असिम अटो पार्ट्स (बजाज मोटरसाइकल शोरुम) व्यावसाय संचालन गर्दै आउनुभएको छ । कँडेलले व्यवसायी तथा समाज सेवामा निरन्तर सेवा पु¥याउँदै उद्योगी, व्यवसायीहरुको हक हित र कर्णाली प्रदेशको विकास एवं विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न अटोमोवाइल्स, सेवामुलक तथा सामाजिक संघसंस्था मार्फत योगदान पु-याय वापत राष्ट्रिय उत्कृष्ट व्यवसायी सम्मान– २०८० बाट सम्मानित गरिएको फोकस नेपालले जनाएको छ ।
को हुन लक्ष्मण कँडेल



Prawash Kumar Shakya । २२ भाद्र २०८०, शुक्रबार १७:४० बजे