३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण आज देशभर ९ हजार २४७ जनामा पुष्टी भएको छ भने ५ हजार ७६७ जना संक्रमण मुक्त भएका छन् भने २ सय १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज कर्णालीमा आटी पिसिआरबाट ४ सय ५९ र एन्टिजेनबाट २ सय ८ जनामा संक्रमण पुष्टी भएको छ भने २ सय ३८ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो चौविस घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।




Prawash Kumar Shakya । ३ जेष्ठ २०७८, सोमबार १९:३३ बजे