
वीरेन्द्रनगरमा आज सम्पन्न कर्णाली विद्यार्थी महोत्सवको आज रक्तदान कार्यक्रम गरेर गरिएको छ । कार्यक्रमका सभापति अनेरास्ववियु जिल्ला अध्यक्ष प्रतिक शाहीलाई अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले रक्त थैली हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो ।
विद्यार्थी महोत्सव कार्यक्रममा १७ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रका प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।
कार्यक्रम संयोजक अनेरास्ववियुका प्रदेश उपाध्यक्ष संजय योगीका अनुसार कार्यक्रमका पत्रकार गोविन्द खत्रीले सहजीकरण गर्दै प्रमुख अतिथि कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेल सँग विद्यार्थीहरुले अन्तरक्रिया गरेका थिए ।
त्यस्तै पत्रकार ललित बुढाको सहजीकरणमा “कर्णालीमा गुणस्तरीय शिक्षाः नीति, अभ्यास, प्रभाव र आवश्यकता” विषयमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार निर्पेन्द्र महत, मध्यपश्चिम विश्वविद्यालयका डिन याम बहादुर कार्की, सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव खनालले आआफ्नो धारणा राख्नुभएको थियो ।
यस्तै पत्रकार यज्ञ खत्रीको सहजीकरणमा “शैक्षिक सुधारमा विद्यार्थी नेतृत्वको भूमीका” विषयमा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष अटल आचार्य र नेविसंघका केन्द्रीय सदस्य रोशन बस्नेतले आआफ्नो धारण राख्नुभएको थियो ।
Prawash Kumar Shakya । ३ फाल्गुन २०८१, शनिबार १७:४० बजे