लायन्स क्लबद्वारा आयोजित रक्तदान कार्यक्रममा ९३ जनाद्वारा रक्तदान


पवन जायसवाल

नेपालगञ्ज (बाँके) लायन्स क्लब अफ नेपालगञ्ज बाँके एनएलएफको आयोजनामा फाल्गुन २८ गते बुधवार बृहत रक्तदानको आयोजना गरियो । बृहत रक्तदान कार्यक्रममा स्थानीय १८ वटा लायन्स क्लबहरुको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ९३ जनाले रक्तदान गरेका छन् ।

उक्त रक्तदान कार्यक्रम लायन्सका लिडर अजय कुमार कनौडिया संयोजकत्वमा सम्पन्न कार्यक्रम लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका गर्भनर बिनोद कुमार श्रेष्ठले रक्तदान कार्यक्रमको उद्घाटन गर्दै सेवाभावले लायन्सवादलाई बलियो बनाइएको बिचार ब्यक्त गर्नुभयो । लायन्स क्लब अफ नेपालगञ्ज बाँके एनएलएफका अध्यक्ष प्रिन्सु जैनको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा लायन्स क्लब अफ नेपालगञ्जका पूर्व अध्यक्ष प्रदीप छाजेड, लायन्स क्लब अफ नेपालगञ्ज बाँके एनएलएफका पूर्व अध्यक्ष डा. बद्री चापागाई, प्रकाश खडका, भुवन प्रसाद शर्मा, प्रकाश सुनार, अभिशेष बैगार, अनूप थारु, सुमन पण्डित, प्रकाश बैश्य, हरिश बैश्य, ज्ञान लुवार, रोहित कुमार थारु, प्रदिप थारु, लिला बहादुर, उज्जवल आचार्य, मन बहादुर खडका, दिपेश कर्माचार्य, प्रशान्त, सुशील अधिकारी, आशीम बस्नेत, ज्योति शाक्य, सनम दहित, लायन्स क्लब अफ नेपालगञ्ज बाँके एनएलएफका अध्यक्ष प्रिन्सु जैन लगायतले रक्तदान गरेको पूर्व अध्यक्ष गुञ्जन सेठियाले जानकारी दिएका छन् ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टूका पूर्व गर्भनर सेमराज शाक्य, मधुसुदन शर्मा, लायन्स कृष्णा पाठक, नेपालगन्ज उप–महानगरपालिका की पूर्व उप मेयर तथा लायन्स उमा थापा लगायतको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल रत्गैया, महेश राना क्षेत्री, पवित्रा जैसी, सञ्जय बढ़ई, बीरेन्द्र योगीले प्राबिधिकमा सहयोग गर्नुभएको थियो ।