नेपथ्यको नयाँ म्युजिक भिडियो


लोक रक ब्यान्ड नेपथ्यले आफ्नो दशौँ एल्बममा समेटिएको छैटौँ गीत ‘कुरूप अनुहार हो’को म्युजिक भिडियो सार्वजनिक गरेको छ । ब्यान्डले यसअघि कोशीको पानी, शिरफूल, रामारामा, हामी नेपाली र सम्झिराख बोलका गीतहरूको म्युजिक भिडियो सार्वजनिक गरिसकेको छ ।

सरुभक्तको शब्द र विक्रम गुरुङको संगीत रहेको गीतमा एक्लो र परित्यक्त महसुस गर्ने तन्नेरी भाव अटाएको कवि एवं गीतकार सरुभक्तको भनाइ छ । नेपथ्यले यो गीत तयार पारेदेखि रजत जयन्ती मनाउने क्रममा वर्षभरि ‘कुरूप अनुहार हो’लाई कन्सर्टको पहिलो गीतका रूपमा प्रस्तुत गर्ने
गरेको छ ।

म्युजिक भिडियोमा ब्यान्डले गत वर्ष अस्ट्रेलिया र न्युजिल्यान्ड कन्सर्ट गर्दा खिचेको दृश्यलाई समावेश गरेको भिडियो निर्माता तथा नेपथ्य प्रवद्र्धक किरणकृष्ण श्रेष्ठले बताए । नेपथ्यले आफ्ना गीत आफ्नै आधिकारिक युट्युब च्यानलमा राख्दै आएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘कुरूप अनुहार हो गाउँदै गर्दा मञ्चमा म जति आनन्द महसुस गर्छु, त्यस्तै आनन्द अब यसका श्रोता र दर्शकलाई पनि मिलोस् ।’

साभारः नयाँपत्रिकाअनलाइन