
पवन जायसवाल ।
६ श्रावन, नेपालगञ्ज (बाँके) । बाँकेको नेपालगञ्जमा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाको १२ औं अङक परिर्वतनको लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगञ्ज स्थित महेन्द्र पुस्तकालय नेपालगञ्जमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाका अध्यक्ष पुष्पमणि प्रधान, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथिले दीप प्रज्वलित गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रा.डा.कृष्ण प्रसाद घिमिरे, सभाध्यक्ष, अतिथिहरुले संयुक्त रुपमा परिर्वतन १२ औं अङक लोकार्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय कार्य समितिका अध्यक्ष हरि प्रसाद तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा चन्दावती अधिकारी, गीता अर्याल, चरित्रा शाह, इन्दिरा गौतम, ईशवरी प्रसाद रिजाल, राम चन्द्र आचार्य लगायतले आ–आफ्ना कविता, रचना वाचन गर्नुभएको थियो ।
प्रगतिशील लेखक सङघ नेपाल बाँकेका सदस्य बिष्णु केसीद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रलेसकी उपाध्यक्ष चरित्रा शाहले स्वागत मन्तव्य गर्नुभएको कार्यक्रममा प्रलेस केन्द्रिय सदस्य कल्पना पौडेल जिज्ञासु, प्राज्ञ सभा महानन्द ढकाल, पंकज श्रेष्ठ, ईश्वरी प्रसाद रिजाल, मीना बराल, खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा ईन्द्र बहादुर भण्डारी, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, लेक प्रसाद प्याकुरेल, भरत बहादुर रानाभाट, ज्ञानोदय माध्यमिक बिद्यालय जुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, यसरी कार्यक्रममा जगदीश ढकाल, भेरी साहित्य समाज केन्द्रिय समितिका कोषध्यक्ष राज कुमार चौधरी, प्रलेसका सदस्य प्रकाश गिरी, कलाकार सुन्दर गुरुङ्ग, लता शर्मा, अनिता प्रधान, नमराज चन्द, कविराज रेग्मी लगायतको उपस्थित रहेको थियो ।




Milan Shrestha । ६ श्रावण २०८१, आईतवार १५:४८ बजे