नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुराको संयोजकमा थापा चयन


१३ भाद्र, बाजुरा । सुदूरपश्चिम प्रदेशको बुढीगंगा नगरपालिका, बाजुरामा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा गठनकालागि आज समाजको गठनार्थ भेला सम्पन्न भएको छ ।

भेलाले जिल्ला शाखा गठनकालागि स्थानीय हिक्मत बहादुर थापालाई संयोजकमा चयन गरेको छ । भने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सरिताकुमारी रावल लगाएतलाई आजीवन सदस्यता प्रदान गर्नुभएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी हेमकान्त पाैडेलकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठनार्थ भेलामा नेपाल रेडक्रस साेसाइटी बाजुरा जिल्ला शाखाका सदस्यद्वय: चक्र थापा, मदन राेकाया र भानुदय माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर थापा लगायतकाे आतिथ्यता रहेकाे थियो ।

कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा बाजुराका सदस्यद्वय:ले संयुक्तरूपमा खादा र टीका स्वागत एवं सम्मान प्रदान गर्नुभएको थियो ।

भेलाले आगामी कार्तिककाे पहिलो हप्ता नेपाल स्वयंसेवी रक्तदाता समाज बाजुरा जिल्ला शाखा गठन गर्ने संयोजक हिक्मत बहादुर थापाले जानकारी दिनुभयो ।