कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक स्थगित


२० फागुन, सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल क्यान महासंघ सुर्खेत शाखाले यही फागुन २८देखि चैत्र २ गते सम्म आयोजना गर्ने कर्णाली प्रदेश स्तरिय क्यान ईन्फोटेक २०२० लाई स्थगित गरेको छ ।

विश्वव्यापीरुपमा मानवजीवनलाई आतंकित पार्दै फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) लाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमका राखेको अवस्थामा नेपाल सरकारद्वारा जारी सन्देशलाई ध्यानमा राख्दै क्यान सुर्खेतका सचिव प्रवाशकुमार शाक्य द्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत क्यान इन्फोटेक २०२० अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको जनाएको छ ।