अहमदाबाद विमान दुर्घटना: सिटसहित तल खसेर बाँचेः रमेश विश्वास कुमार


Photo: Aajtak

अहमदाबाद, भारत | गुजरातको अहमदाबादमा भएको भीषण विमान दुर्घटनामा २६५ जनाको ज्यान गएको छ भने केही यात्रु चमत्कारिक रूपमा बच्न सफल हुनुभएको छ । तीमध्ये एक हुन्—रमेश विश्वास कुमार, जसले आफ्ना आँखाअगाडि सयौंको मृत्यु देख्दा पनि ज्यान जोगाउन सफल हुनुभएको छ ।

टेकअफको क्रममा नियन्त्रण गुमाएको विमान सिधै एक अस्पतालको छात्रावास भवनमा ठोक्किएको बताइएको छ । रमेश विश्वासका अनुसार उहाँ प्लेनबाट हाम फालेर होइन, सिटसहित तल खसेर ज्यान जोगाउन सफल भएको हो । उहाँका अनुसार विमानको माथिल्लो भागमा आगलागी भएको र त्यहाँ धेरैजना फसेर मृत्यु भएको थियो । रमेशको आँखाअगाडि दुई जना एयर होस्टेस, एक जोडी वृद्ध दम्पतीलगायत धेरै यात्रुहरू जलेर मृत्यु भएको दृश्य उहाँले बयान गर्नुभएको छ ।

दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पताल पुगेर रमेशको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । यो दुर्घटना भारतको हालसम्मकै एक गम्भीर विमान दुर्घटनामध्ये एक मानिएको छ ।

आजतकबाट