
नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल मण्डल टेलिभिजनले संयुक्त रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालमण्डल टेलिभिजनको १४औं वार्षिकोत्सवको विशेष अवसरमा आयोजित कार्यक्रममा ३० जना महिला तथा पुरुषले रक्तदान गर्नुभएको छ ।
कार्यक्रममा नेपाल मण्डल टेलिभिजनका प्रबन्ध निर्देशक कुमार महर्जनले सभापतिको भूमिका निर्वाह गर्नुभएको थियो भने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथि कर्माचार्यले रक्तदान गर्ने सबै रक्तदातालाई ‘दसि-पौ’ (प्रमाणपत्र) प्रदान गरेर सम्मान गर्नुभएको थियो । यो कार्यक्रमले समाजमा रक्तदानको महत्त्व र आवश्यकताका बारेमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।



Prawash Kumar Shakya । १४ श्रावण २०८२, बुधबार १९:५८ बजे