अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा कार्यशाला गोष्ठी सम्पन्न


नेपालगन्ज (बाँके) । एस.ओ.एस. नेपालगन्जले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा कार्यशाला गोष्ठी गरेको छ । सन् १९९८ मा संयुक्त राष्ट्र संघबाट १२ अगस्ता विश्वभरी अन्तर्राराष्ट्रिय युवा दिवस मनाउने घोषणा भए पछि १२ अगस्त विश्व दिवस मनाउने गरिन्छ ।

सन् २०२५ को युवा दिवस एस.ओ.एस. बालग्राम अन्तर्गतको एस.ओ.एस.युवालय नेपालगन्जले अल्टरनेटिभ युथ क्लब नेपालगन्जको सहकार्यमा एक दिवसीय कार्यशाला गरी सम्पन्न गरेको छ ।

उक्त कार्यशालामा अल्टरनेटिभ युथ क्लबका अध्यक्ष अगायत ६ जनाले युवाको नेतृत्व बिकास विभिन्न बिषयहरुमा प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रममा “सकारात्मक धारणाः वर्तमान युवाको आवश्यकता” बिषयमा एसओएस युवालय नेपालगन्जका सहायक निर्देशक लक्षमण बहादुर कार्कीले प्रस्तुतीकरण गर्नुभयो ।

दिनभरि चलेको उक्त कार्यशालामा निशा आचार्य, भावना रोकाय, तुलसी सार्की, लक्ष्मीता बिक लगायतले कार्यक्रमको बीच बीचमा नृत्य प्रस्तुत गर्नुभएको थियो । युवायलका यूवाहरुले कार्यशालाको बीच बीचमा रमाइला– रमाइला खेलहरु पनि खेल्दै मनाइएका थिए । कार्यक्रम समापन गर्दै एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वासले युवाहरु आफै आ–आफनो दक्षता भएको बिषयमा र नेतृत्व बिकासमा युवाहरुको सहभागिता भन्ने बिषयमा गरेका प्रस्तुतीकरणको प्रशंसा गर्नुभयो। उहाँले यस किसिमका प्रस्तुतीहरु बनाउन देखि लिएर प्रस्तुती गर्न सम्म जुन मेहनत गरेको छ त्यसले आफूले आफैलाई निखार ल्याउने बताउनु भएको थियो ।

कार्यशालामा प्रस्तुती गर्ने ६ जना अल्टरनेटिभ युवा क्लब नेपालगन्जका युवाहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा एसओएस युवालय नेपालगन्जकी नायब निर्देशक मीना तुलाधर सहित २६ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता संयुक्त रुपमा एसओएस युवालय नेपालगन्जका निर्देशक तुलाराम बिश्वास र अल्टरनेटिभ युवा क्लबका अध्यक्ष रोशनघर्तीले गर्नुभएको थियो भने सहजिकरण अल्टरनेटिभ युवा क्लबकी सदस्य सबिना नेपालीले गर्नुभएको थियो ।