प्रेस सेन्टर नेपाल र नेपाल प्रेस युनियन द्वारा वीरेन्द्रनगरमा रक्तदान


‎मालती बि क (सुर्खेत)

वीरेन्द्रनगरमा आज दुई पत्रकार संगठनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । माओवादी निकट प्रेस सेन्टर नेपाल सुर्खेतले ‎जनपक्षीय पत्रकारिता र साहित्यका आदर्श नायक कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल कृष्ण सेन इच्छुककाे २३ ओै स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको हाे । ‎

‎‎रक्तदान कार्यक्रममा प्रेस सेन्टर सुर्खेतका अध्यक्ष टेकेन्द्र विश्वकर्माले इच्छुकले देखाएको बाटोमा लाग्न सधै कटिबद्द रहने विचार व्यक्त्त गर्नुभयो । सहभागीहरुले इच्छुकको योगदान स्मरण गर्दै देश परिवर्तनमा कलमको शक्ति कति प्रभावकारी हुन्छ भन्ने प्रेरणा दिने बताउँदै सेनलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्यक्रममा १० पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका ईन्चार्ज देपेन्द्र केसीले जानकारी दिनुभयो ।

स्वतन्त्र प्रेस, जनताको पक्षमा कलम चलाउने साहसी पत्रकारका रूपमा चिनिने कृष्ण सेन ‘इच्छुक’ नेकपा माओवादी निकट जनमुखी पत्रकारिता र साहित्यमा क्रियाशील हुनुहुन्थ्यो । ‎कवि, लेखक र सम्पादकका रूपमा चर्चित सेनले तत्कालीन शासकीय दमनको विरोधमा कलम चलाउनुभएको थियो । ‎२०५९ साल जेठ १३ गते राज्यको नियन्त्रणमा रहेका बेला सेनको हत्या भएको थियो । सेनले सम्पादन गर्दै आएको ‘जनादेश’ साप्ताहिकले तत्कालीन सत्ताविरुद्ध जनताको आवाज बुलन्द गर्ने सामग्री प्रकाशन गर्दै आएको थियो ।

त्यस्तै आज नेपाल प्रेस युनियन कर्णाली प्रदेश सुर्खेतले पनि रक्तदान कार्यक्रम गरेको छ । युनियनको ३४औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको युनियन कर्णाली प्रदेश अध्यक्ष नरेश सिं थापाले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले सुर्खेत फेरी रगतको अभाव शुरु भएकोले हाम्रो संगठनको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेका हौं । कार्यक्रममा महानकार्य रक्तदानमा रक्तदान गर्नुहुने सम्पूर्ण पत्रकार साथीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।”

कार्यक्रममा १२ पिन्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतका सहायक रक्त प्राविधिक विकास गिरीले जानकारी दिनुभयो ।