चिरञ्जिवीको निर्देशनमा अर्को फड्को (भिडियो सहित)


13962571_286786501683730_605407465142767787_nसुर्खेत ३ भाद्र । सुर्खेती युवा हालका जल्दाबल्दा कलाकार चिरञ्जिवी सापकोटाको निर्देशनमा अर्को तिज भिडियो गित बजारमा आएको छ । बागेश्वरी म्युजिकको प्रस्तुतिमा मिनु विसीको बुढी रिसाउँछे बोलको गितमा सापकोटाले भिडियो निर्देशन गर्नुभएको हो ।

यो तिज गित विषेश गरेर श्रीमान् श्रीमतीको विचको सम्बन्धमा हुने विश्वासघातलाई हास्यव्यङ्गयात्मक तरिकाले आफुले निर्देशन गरेको सापकोटा बताउनुहुन्छ । गितमा मेरी बास्सैका चर्चित कलाकार विम्ली (शुशिला) अरविन भट्टराई र स्वयम् सापकोटाको अभिनय रहेको छ । यस भन्दा अघि सापकोटाले तिजकै गित घरघरमा ग्यास पाइप बोलको गित निर्देशन गर्नुभएको थियो ।