![]()
सुर्खेती कलाकार भरत शाही ठकुरीले यसपटकको तिहारको लक्ष्मी पूजाको दिनमा आफ्नो पछिल्लो सांगीतिक प्रस्तुति ‘चरीको पाइला’ नामक झ्याउरे गीत सार्वजनिक गर्नुभएको छ । शाहीले आफ्नै युट्युव च्यानल bharat shahi official मार्फत गीत सार्वजनिक गर्नुभएको हो ।
गीतमा युवा पुस्ताका मनपर्ने गायक अर्जुन सुनाम र गायिका रञ्जिता विश्वकर्माको स्वर रहेकोछ । गीतका शब्दहरू कलाकार भरत शाही ठकुरी स्वयंले रचना गर्नुभएको छ भने भरत शाही र धर्मराज गिरीको सङ्गीत रहेकोछ ।
गीतको भिडियोमा नेपाल सरकारका अधिकृत उत्तम शर्मा रिजाल र पछिल्लो समय दर्शकमाझ निकै लोकप्रिय मोडल तथा नृत्याङ्गना सञ्जना गुरुङको जीवन्त अभिनय देख्न सकिन्छ । उहाँहरूसँगै नेपाल प्रहरीमा कार्यरत नृत्यकार दिलु सुनार र बर्दियाकी चर्चित टिकटक स्टार पुजा बुढाले आकर्षक नृत्यमार्फत गीतको भिडियो थप आकर्षक बनेको छ ।
मुकेश नेपालीले निर्देशन गर्नुभएको भिडियोमा को रियोग्राफीको जिम्मेवारी दिलु सुनार र मुकेश नेपालीले संयुक्त रूपमा गर्नुभएको छ । पवन सुस्लिङको छायाङ्कन र सम्पादनले ग्रामीण परिवेशको लोभलाग्दो सुन्दरता र गीतको भावनालाई कलात्मक रूपमा कैद गरिएको छ ।
गीतलाई भरत शाहीको आधिकारिक YouTube Channel मार्फत हेर्न सकिनेछ ।



Prawash Kumar Shakya । ३ कार्तिक २०८२, सोमबार २३:०८ बजे