म्युजिक भिडियो निर्देशनमा जम्दै सापकोटा, ४ वटा गीतको सुटिङ !


दक्ष सञ्चारकर्मीको भूमिकाबाट विन्दास प्रोडक्सन खोल्दै म्युजिक भिडियो निर्देशनमा होमिएका चिरञ्जीवि सापकोटाले एकैसाथ चार ओटा म्युजिक भिडियोको छायांकन सकेका छन् ।

मध्यपश्चिमको सुन्दरी नगरी सुर्खेतका विभिन्न रमाइला ठाउँमा सुटिङ गरिएका म्युजिक भिडियोहरुलाई उनले निर्देशन गरेका हुन् ।
जोसेफ शाही ठकुरी र मिलन अमात्यको स्वरमा रहेको गीत तिमीले साथ छोड्यौ र यो मन रोयो बोलको गीतलाई उनको डेब्यु निर्देशनको भिडियोका रुपमा हेरिएको छ।
यस्तै ‘उनकै निम्ति यो ज्यान साच्या छु’ सोनम पुन र यज्ञ वलीको स्वर, ‘सम्झी सम्झी नरोउ मायाल’ मुकेश भट्ट र तुल्सी घर्तीको स्वर तथा ‘माया नदिए’ लगायत चार ओटा गीतको भिडियो एकैसाथ सुटिङ गरिएको उनको भनाई छ ।
भिडियोमा मोडल दिपेन पुरी र सदिक्षा सेजुवाल, विशाल ढकाल, एलिजा आचार्य लगायतको अभिनय छ ।  राजधानीकै लोकेशनलाई भिडियोमा जवर्जस्ती दोहोर्याउने प्रवृत्तिलाई चटक्कै छाडेर उनले सुर्खेतका पर्यटकीय ठाउँको चिनारी दिएका छन् । आगामी दिनमा यसलाई थप जोड दिइने उनको भनाई छ।

साभारः एक्टर्स नेपाल डटकम