
प्यूठानको विजुवारमा ६० पिन्ट रगत संकलन गरिएको छ । प्यूठान नगरपालिकाको आयोजना एवं नेपाल स्वयंसेवी रक्तदाता समाज प्यूठान र रुपन्देही शाखाको समन्वयमा विजुवारमा ६० पिन्ट रगत संकलन गरिएको हो ।
रगत र रक्ततत्वको कारणले कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्रीको सहभागिता रहेको थियो । संकलन रगत रुपन्देहीको रक्तसञ्चार केन्द्रमा पुर्याइएको छ ।



Prawash Kumar Shakya । १४ मंसिर २०८२, आईतवार २१:२९ बजे