जनमत अर्ध साप्ताहिकको ६१ औं श्रृंखलामा ३ महिला सहित ४० जनाद्वारा रक्तदान


२८ भाद्र, नेपालगन्ज बाँकेको पूरानो पत्रिका जनमत अर्ध साप्ताहिकले सामाजिक उत्तरदायित्व अन्तर्गत गर्दै आइरहेको रक्तदान कार्यक्रमको ६१औं श्रृंखलामा ४० पिन्ट रगत संकलन गरिएको छ ।

जनमत अर्ध साप्ताहिक पत्रिका र ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि. को संयुक्त आयोजना तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँकेको समन्वयमा आज नेपालगञ्जमा रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको हो ।

नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि का अध्यक्ष महादेव सिंह ठकुरी र जनमत अर्ध साप्ताहिकका सम्पादक पूर्णलाल चुकेले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा र होमराज गिरीलाई रगत संकलन गर्ने थैली हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

जनमतको रजत वर्ष–२०६३ देखि “रक्तदान जीवनदान” को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ६१ औं श्रृङ्खलामा रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, राप्तीसोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारी उपशाखाकी उपाध्यक्ष अमृता केसी, अन्नपूर्ण पोष्ट दैनिकका प्रदेश प्रमुख तथा मेरो खुशी डट कमका सम्पादक शंकर प्रसाद खनाल, पत्रकार खम्ब प्रसाद पुन, साहित्यकार असफाक संघर्ष जसगढ, नियमित स्वयंसेवी रक्तदाताहरु नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा, सदस्य होमराज गिरी, लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, दिनेश प्रसाद तमोली, गौतम प्रसाद पौडेल, विनोद कुमार वैश्य, पवनकुमार वैश्य, राम सोहन सोनकर, सुर्खेत वीरेन्द्रनगरका विद्यार्थी समन्तभद्र शाक्यले रक्तदान गर्नुभएको थियो ।

त्यसैगरि नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगन्ज उपमहानगरपालिकाका उपाध्यक्ष विष्णु प्रसाद खनाल, धर्मेन्द्र कुमार वर्मा, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मीद्वय टिकाराम खनाल, जवाहर लाल वर्मा, राम कुमार बढही, रवि परियार, सुष्मिता शाह, विशाल सन्तोषी, उमेश थारु, आशीष थारु, राम कुमार बढही, शिवलाल थारु, भगवान शरण यादव, रुस्तम अली दर्जी, दिवाकर पौडेल, दिपेन्द्र उपाध्याय, अमिथ बोहरा, ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का सञ्चालक तथा कर्मचारीहरु विवेक पराजुली, रुपेश चौधरी, दिपक कुमार हरिजन, वाहिद अलि हलवाई, राजेन्द्र थारु, इसराफील साई, प्रणित थापाले पनि रक्तदान गर्नु भएको थियो ।

सो अवसरमा रक्तदाताहरुलाई ग्रेस एण्ड ग्लोबल ट्रेडिङ प्रा.लि.का अध्यक्ष महादेव सिंह ठकुरी र सञ्चालक रण बहादुर शाहीले टि–सर्ट वितरण गर्नु भएको थियो ।

कार्यक्रम संयोजक शतक रक्तदाता पवन जायसवालका अनुसार सो कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा सोम प्रसाद सापकोटा, होमराज गिरी, सञ्जय बढही, वीरेन्द्र योगी र महेश सञ्ज्यालले प्राविधिक र अन्यमा निखिल जायसवालले रक्तदान कार्यक्रममा सहयोग गर्नु भएको थियो ।

कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य कमल कार्की, नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष किरण कार्की लगायतको सहभागिता रहेको थियो ।

रक्तदान गर्दा के हुन्छ ?

स्वास्थ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।