
पवन जायसवाल
बर्दिया । जिल्लाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्थित श्री विद्याज्योति नमूना माध्यमिक विद्यालयको ५०औं वर्ष पूरा गरी स्वर्ण जयन्तीेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २ जना महिला ३६ जना पुरुष गरी ३८ जनाले रक्तदान गरेका छन् ।
श्री विद्याज्योति नमूना माध्यमिक विद्यालय र विद्याज्योति पूर्व बिद्यार्थी समाजको संयुक्त आयोजित रक्तदान कार्यक्रम बि.सं २०३२ सालमा स्थापित श्री विद्याज्योति नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक महेश रानालाई र विद्याज्योति पूर्व बिद्यार्थी समाजका अध्यक्ष पून्य प्रसाद ढकाल (प्रसिद्ध) ले प्राविधिक सन्दिप आचार्यलाई संयुक्त रुपमा रगत संकलन गर्ने थैली हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा श्री विद्याज्योति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मी, प्रकाश कुमार श्रेष्ठ, सुरज नेपाली, सिद्धान्त थारु, कृष्ण प्रसाद, अजय कुमार श्रेष्ठ, नन्दराम काँदू, टुकराज बराल, रेशम पुन, बिपल्प न्यौपाने, पुष्कर सापकोटा, महेन्द्र पुन, दामोदर पौडेल, बिवेष गुरुङ्ग, चन्द्रकान्त पौडेल, लेखनाथ ढकाल, हरिकृष्ण भण्डारी, अविनाष बिसी, दिपक गुप्ता, ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट बिनोद नाथ योगी, गणेशनाथ योगी, बिनोद सुनार, सुनिल बिक, दिनेश सार्की, नारायण भुषाल, मयुर युवा क्लबका देवेन्द्र मल्लले रक्तदान गर्नुभएको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म हे.क्वाटर कन्ठपुर बर्दियाका हवलदार बिजय पराजुली, बसन्त खडका, तोयनाथ घिमिरे, नर बहादुर थापा मगर, सन्तोष सापकोटा, मोहनलाल बजगाई, जयराम न्यौपाने, दिपक प्रसाद ढकाल, श्री कृष्ण प्रणामी युवा परिषद नेपाल, बर्दिया जिल्लाका अध्यक्ष हेमन्त चौधरी, नबिना चौधरी, पत्रकार दल बहादुर सुनार, लक्ष्मी क्षेत्री लगायत ३८ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक महेश राना, सन्दिप आचार्य, प्रशान्त थारु, ओम प्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा नेरेसो बर्दियाका मन्त्री, अर्जुन सुवेदी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा गुल्म हे.क्वाटर कन्ठपुर बर्दियाका डिएसपी धर्मेन्द्र बम, ८४ वर्षीय बढैयाताल –८ का नेरेसो आाजीवन सदस्य चूडामणि रानाभाट, नेरेसा बढैयाताल उप–शाखाका सभापति मोहनलाल रेग्मी, कोषाध्यक्ष दिपक प्रसाद दाहाल, बारबर्दिया नगरपालिका–८ स्याउली बजार निवासी तथा नेरेसाका आजीवन सदस्य नगेन्द्र मणि खडका, बाँकेका शतक रक्तदाता पवन जायसवाल, लगायतको सहभागिता रहेको थियो ।
यस्तै कार्यक्रममा सहयोग गर्ने संघ संस्था र चिकित्सकहरुलाई सम्मान गरिएको थियो । विद्याज्योति नमूना माध्यमिक विद्यालयको स्वर्ण जयन्तीेको उपलक्ष्यमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । सवै प्रकार चेक जाँच, आँखा जाँचका साथै बिरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको थियो । स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा सहयोग गरेकोमा सम्मान गरिएको थियो ।
सो विद्यालयका शिक्षक कृष्ण रानाभाटद्वारा सञ्चालित कार्यक्रममा श्री विद्याज्योति नमूना माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीको अध्यक्ष, बढैयाताल गाउँपालिका वार्ड नं.–८ का वडाध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डा. बद्री चापागाई, डा. नबिन बुढाथोकी, डा. लक्षमण सिग्देल, डा. उमेश ढुंगाना, डा.पुरुषोत्तम वर्मा, डा. रुद्र चौहान, प्रबीण ढकाल, बिनोद बास्तोला, तपेन्द्र शाही, आश्विनी गुरुङ्ग, प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्ज लगायत संघ–संस्थाले शिविरमा सहयोग गरे बापत सम्मान गरिएको थियो ।




Prawash Kumar Shakya । १५ पुष २०८२, मंगलवार १९:१५ बजे