बर्दियाको भुरीगाउँमा ८८ पिन्ट रगत संकलन


पवन जायसवाल

९ जेठ, भुरीगाउँ (बर्दिया) । बर्दियाको भुरीगाउँमा “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ ११औं वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका सैनवार बर्दिया र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

 “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ ११ औ पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ठाकुरबाबा नगरपालिका सैनवारका नगर प्रमुख तिलकराम लम्साल, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ प्रसाद नेपालले प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्राविधिक द्वय महेश दहित र महेश राना क्षेत्रीलाई संयुक्त रुपमा रक्त संकलन थैली संकलन हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य प्रेम प्रसाद लम्सालले रक्तदान जीवनदान भन्ने नारालाई सार्थक र सफल पार्न यूवाहरु लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, बर्दिया जिल्लाको बिभिन्न पलिकाका समाजका पदाधिकारी तथा ठाकुरबाबा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

ठाकुरबाबा नगरपालिकाको भुरीगाउँ स्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, खानेपानी तथा सरसफाई उपभोक्ता समिति ठाकुरबाबाको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार सेवा केन्द्र प्रमुख राजेन्द्र महतारा, महेश राना क्षेत्री, महेश दहित, सृजना थारु, बीरेन्द्र योगी, केशर सिंह डाँगी प्राविधिकमा र अन्यमा आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी, भावना गौतम, सुलोचना थारु लगाएतले सहयोग गर्नुभएको थियो भने ८८ पिन्ट रगत संकलन गरिएको थियो ।