
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्वाचनको समयमा कुनै पनि विरामीहरुलाई रगत अभाव नहोस भन्ने हेतुले आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशको आयोजनामा नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतको प्राविधक सहयोगमा सम्पन्न कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका सभापति लिलाराम सुवेदीले निर्वाचनको समयमा विरामीहरुले रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो । त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले जिम्मेवार निकायहरुले रगत सम्वन्धी सचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको औल्याउँदै प्रत्येक स्वस्थ यूवायूवतीहरुले आफ्नो १८ बर्षको जन्मोत्सव सँगै रक्तदानको शुभारम्भ गर्न अनुरोध गर्नुभयो ।
त्यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतका उपाध्यक्ष कृति गुभाजु शाक्यले जुनसुकै संघसंस्थाहरुसँग रक्तदान र रगत सम्वन्धी कार्यक्रम गर्नकालागि सँधै तत्पर रहने प्रतिवद्धता जनाउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका कार्यालय प्रमुख राजकुमार क्षेत्रीले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्य, नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव पुनम विसी र सदस्यहरु प्रवेश शर्मा मालती विक र ओम बुढाको सहभागिता रहेको थियो ।







Prawash Kumar Shakya । १९ फाल्गुन २०८२, मंगलवार १६:३१ बजे