फूटवल संघद्वारा खेलाडी प्रशिक्षकलाई राहत वितरण


१४ साउन, सुर्खेत । सुर्खेत जिल्ला फूटवल संघले कोरोना भाइरस कोभिड १९ ले पिडित फूटवल खेलाडी प्रशिक्षक तथा संघका पदाधिकारीहरुलाई राहत वितरण गरेको छ ।

संघले एन्फाबाट ७५ हजार तथा वीरेन्द्रनगर नगरपालिकाबाट २५ हजार गरि १ लाखको राहत वितरण गरेको हो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मोहनमाया ढकालले फुटबल संघले आफ्नो खेलाड़ी तथा फुटबल खेल संग सम्वन्ध व्यक्तहरुलाई यो कोभिड १९ को महामारीमा सम्झेर गरेको सहयोगको प्रसंसा पनि गर्नु भयो साथै आगामी दिनमा यस क्षेत्रको खेल तथा फुटबलको विकासमा पालिकाकोतर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष चन्द्रकुमार गिरी, सुर्खेत जिल्ला फुटबल संघका सल्लाहकारहरुको उपस्थितिमा सम्पन्न भएको थियो । साथै सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलले कोरोनाको महामारीले आक्रान्त अवस्थामा फुटबल सम्बद्ध खेलाड़ी तथा प्रशिक्षक हरुलाई सानै भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो यो सहयोगले सबैमा खेल प्रति लगाव बढने अपेक्षा पनि गरेको छ ।