टिप्परको ठक्करबाट फोनिज सुर्खेतका संस्थापक अध्यक्ष गेलाङ्गको मृत्यु


२९ जेठ, सुर्खेत ।  टिप्परको ठक्करबाट नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–८ को लोदेमा आज टिप्परकोको ठक्करबाट सुर्खेत पहिचान दैनिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह– सचिव गेलाङ्गको घटना स्थलमै मृत्यु भएको हो ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेको गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुमपश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिप्परले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रारम्भीक अनुसन्धानबाट आफ्नै साइटमा गुडिरहेको मोटरसाईकललाई टिप्परले ठक्कर दिएको खुलेको छ ।

ठक्कर लगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको चौलागाईँले बताउनुभयो । टिप्पर चालक फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पश्चिमनेपालडटकमको सहयोगमा