सुर्खेतमा पनि २८५२ औ सोनाम ल्होछारमा विभिन्न कार्यक्रम गरि मनाईयो


अशोक राजी 
२६ माघ मंगलवार, सुर्खेत
सुर्खेतका अति सिमान्तकृत तामाङ समुदायले पनि २८५२ औ तामाङ सोनाम ल्होछारमा विभिन्न कार्यक्रम गरि मनाएका छन । तामाङ घेदुङ सघ सुर्खेतले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरि २८५२ तामाङ ल्होछार मनाएको हो । 

                                                                                                                    फोटोः मिलन श्रेष्ठ

कार्यक्रममा तामाङ समुदायले राज्यले अति सिमान्तकृत आदिवासी जनजातीमा तामाङ समुदाय पनि एक आदिवासी जनजाती भएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । हरेक क्षेत्रमा तामाङ समुदाय पछाडी परेकाले तामाङहरुको विभिन्न साँस्कृतिक तथा रितिरिवाजलाइ ध्यान दिन उनिहरुले आग्रह गरेका थिए । 
ल्होछार कार्यक्रमका प्रमुख अथिति नेपाल आदिवासी जनजाती महासघ सुर्खेतका उपाध्यक्ष जीवन कुमार शाक्यले पछाडि परेका तामाङहरुले पनि आफ्नो अधिकारका लागि सदा सघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाती अन्तर्गत पर्ने तामाङ समुदायको हकहितका लागि आदिवासी जनजाती महासंघ सदा लागि रहने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । यस्तै कार्यक्रमका विशेष अथिति नेपाल आदिवासी जनजाती महासंघका सचिव अशोक राजीले तामाङ समुदायको हकहितका लागि तामाङ समुदाय नै अगाडी बढ्नुपर्नेमा जोड दिदै कुनै पनि समस्या आइपरेको खण्डमा महासघ सहयोग गर्न तयार गरेको बताउनुभयो । 
यसैगरि नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले सबै दलित जनजाती एक हुनुपर्नेमा जोड दिदै राज्यले पछाडि पारेका समुदायहरु एक हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका पुर्व अध्यक्ष दुर्गा थापा सिदार्थ सञ्चारका उपाध्यक्ष कृष्ण राष्कोटी नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कोषाध्यक्ष लक्ष्मि तामाङ सदस्य मनिशा तामाङ जनजाती युवा महासघका केन्द्रिय सदस्य मिलन श्रेष्ठ तामाङ अगुवा मान बहादुर तामाङ सन्तोषि तामाङ लगायतको सहभागीता रहेको थियो । 
तामाङ समुदायका कोषाध्यक्ष विष्णु तामाङले स्वागत गर्नुभएको कार्यक्रममा विभिन्न तामाङ सास्कृतिकहरु प्रदर्शन गरिएको थियो । कार्यक्रम तामाङ समुदायका अध्यक्षका गगन बहादुर तामाङको सभापतित्वमा भएको हो । यसैगरि खाम्मा समुदायले पनि ग्याल्बो ल्होछार विभिन्न कार्यक्रम गरि मनाएको छ ।