यस्तै, स्पेनिस ला लिगामा २ गोल गरिसकेका मेसीले सोमबार राति स्कटिस च्याम्पियन सेल्टिकविरूद्ध च्याम्पियन्स लिगको पहिलो खेलमै हयाट्रिक गोल गरेका थिए।
मेसीको च्याम्पियन्स लिगमा त्यो छैटौं हयाट्रिक थियो। उनले सर्वप्रथम च्याम्पियन्स लिगमा हयाट्रिक आर्सनलविरूद्ध गरेका थिए। मेसीले बार्सिलोना र अर्जेन्टिनाका लागि कूल ६ सय ५१ खेल खेलेका छन्, जसमा उनले ५ सय १५ गोल गरेका छन्।
उनले गोलका लागि साथीहरूलाई २ सय बल पास मात्र मिलाएका छन्।
साभारः सेतोपाटी अनलाइन



Prawash Kumar Shakya । ३० भाद्र २०७३, बिहीबार १५:५२ बजे