नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य


२४ कात्तिक, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।

सरकारले शाक्यलाई अर्को व्यवस्था नभएसम्मकालागि शाक्यलाई निमित्त प्रमुख तोकेको उर्जा मन्त्रालयले जनाएको छ । नवनियुक्त निमित्त कार्यकारी प्रमुख शाक्यले आज सोमबार नै पदबहाली गर्नुभएको छ ।

मन्त्रालयले ‘एनईए इन्जिनियरिङ कम्पनी’ मा उपकार्यकारी निर्देशकमा कार्यरत शाक्यलाईबाट काज फिर्ता बोइलाइ निमित्त कार्यकारी निर्देशक बनाएको हो ।

शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाउनुभएको थियो ।

प्राधिकरणबाट घिसिङ्ग बाहिरए स‌ंगै शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पनि दावेदारी रहेको बताउनुभएको थियो ।