पशुचौपयामा अज्ञात रोग


पुरुषोत्तम सापकोटा

१९ असोज सुर्खेत । सुर्खेतको पश्चिम तातापानिमा पशु चौपायमा अज्ञात रोग देखापरेको छ । तातापानि गाउँ विकास समितिको वडा नं. ७, ८ र ९ मा धेरै जस्तो पशु चौपायहरु विरामि परेका छन् । पशुहरुमा घास नखाने, बसि राख्ने, ज्वरो आउने, खुट्‍टा पाक्ने, मुख पाक्ने, दुध नदिने लगाएतका लक्षण देखा परेको छ ।

THE TRITNA

स्थानिय कृष्णप्रसाद भण्डारीले अहिले सम्म कोहि पनि पशु चिकित्सकले जाँच नगरेको हुँदा पशुको रोग थाहा नभएपनि खोरेत रोग भन्दै कृषक हरुले धरेलु उपचार गरिरहेका छन् । भण्डारीका अनुसार अहिले सम्म एउटा विरामि गोरु मरि सकेको छ र बाँकि गाँउका धेरै जसो पशु चौपायहरु गम्भीर अवश्थामा रहेका छन् । स्थानियले रोगको पत्ता लगार्इ त्यसको तत्काल समाधान गरिदिन आग्रह गरेका छन ।