मृत्यु कुरिरहेकी जुम्लाकी सन्ध्यालाई भेट्दा रोए गगन थापा, भेटमा के भने का थिए ?


काठमाडौं,  असोज । भक्तपुर क्यान्सर अस्पतालबाट मृत्युको पुर्जा पाएकी जुम्लाकी सन्ध्या शाहले पत्रमार्फत स्वास्थमन्त्री गगन थापासँग भेट इच्छा जाहेर गरेपछि मन्त्री थापाले उनलाई भेटेका छन् ।

मृत्यु कुरेर बसेकी जुम्लाकी सन्ध्या शाहले मृत्यु पूर्व आफ्नो अन्तिम इच्छा नै स्वास्थमन्त्रीसँग भेट गर्ने भनेर शुक्रबार पत्र लेखेकी थिइन् । त्यसपछि मन्त्री थापाले सोमबार साँझ जुम्लाका एक स्थानियलाई साथमा लिएर सन्ध्याकै डेरामा पुगेर भेटेका हुन् ।0111

भेटमा सन्ध्याले आफ्नो परिवारिक आवस्था र आफ्नो उपचार गराउँदा परिवारको आर्थिक आवस्था नै एकदम नाजुक भइसकेको बताइन् । उपचारका क्रममा आफूले भोगेका पीडाहरु पनि सन्ध्याले मन्त्री थापालाई सुनाइन् ।

सन्ध्याले अस्पतालमा डाक्टर र उपचारमा संलग्नहरुले गर्ने व्यवहार बारेमा मन्त्रीलाई सुनाउने क्रममा अस्पतालमा उपचार मात्र हैन विरामीहरुलाई गर्ने व्यवहार तथा तिनका आफन्तहरुलाई गर्ने व्यवहारबारे धेरै कुरा सिकाउनु पर्ने र त्यसो नहुँदा आफू जस्ता हजारौं विरामी र तिनका आफन्तहरुले भोग्नु परेको नराम्रो पीडा पनि भनिन् ।

सन्ध्याले अघिल्लो सरकारमा खगराज अभिकारी स्वास्थमन्त्री हुँदा आफूले उपचारमा सहयोग गर्न आग्रह गर्दै निवेदन दिएको मन्त्रीले सहयोग गर्नेपनि भने तर आफूले सहयोग पाउन नसकेको दुखेसो गरिन् ।

सन्ध्याको दुखेसो सुनेपछि भावुक भएका मन्त्री थापाले आम नेपालीले स्वास्थ उपचारमा समान पहुँच राख्न सकुन् भनेर नीतिगत रुपमा काम गरिरहेको बताए ।

अघिल्लो सरकारको पालामा सन्ध्याको उपचारको फाइल मन्त्रालयमा पुगिसकेको आफुले आफ्नो सचिवालयबाट पनि जानकारी पाएकोले त्यो फाइललाई खोजेर अघि बढाउने र के कस्तो सुविधा उपलब्ध गराउन सकिन्छ त्यसबारे सचिवालयलाई निर्देशन दिने बताए ।

मन्त्री थापाले सन्ध्याले उठाएका उनका पीडाका विषयका अतिरिक्त कतिपय आचरणगत रुपमा सुधार्नुपर्ने विषयहरु रहेको बताए । यी सबै विषयलाई आफूले मन्त्री भएको समयभित्र टुङ्ग्याउने पहल गरिरहेको र सन्ध्याले उठाएका विकृति र विसंगति कम गर्न आफू लागिपर्ने बताए ।

आफूलाई लेखेको पत्र पढेर तथा त्यसबारेमा बुझेर भेटेरै कुरा गर्न आएको भन्दै मन्त्री थापाले प्रतिकुल स्वास्थ आवस्थाका बीच स्वास्थ क्षेत्रको बारेमा राम्रोका लागि उनले गरेको प्रयास र पहलका लागि धन्यवाद दिँदै सन्ध्याले राखेको धैर्यताको पनि प्रशंसा गरे ।