ओलीको पक्षमा माइतीघरमा युवाहरु (फोटो फिचर)


15072016044114Youth_and_Student_Demonstration-(1)-1000x0असार ३१, २०७३- प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरताको माग गर्दै युवाहरुले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

दिउँसो ३ बजेदेखि झण्डै डेढ घण्टा युवाहरुले राष्ट्रिय झण्डा, नारा र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पार्टी तथा भ्रातृ संस्थाको झण्डा प्रयोग भएको थिएन ।

सयौंको संख्यामा उपस्थितहरुले ओलीले राष्ट्रिय स्वाभिमान उँचो बनाएको, भारतीय नाकाबन्दीको सामना गरेको, विकास र समृद्धिको बाटो लिएको भन्दै नाराबाजी गरेका थिए । कतिपयले ‘आईएमविथकेपीओली’ लेखिएको टिसर्ट लगाएका थिए ।

सामाजिक सञ्जालमा खडा भएको ‘स्वतन्त्र युवा अभियान’ले प्रदर्शन गरेको हो । प्रदर्शनमा एमाले निकट युवा तथा विद्यार्थीहरुको उपस्थिति रहे पनि मञ्चमा चिनिएका नेता कार्यकर्ता थिएनन् ।

उपस्थित कतिपयले आफूले अहिलेसम्म एमालेलाई भोट नदिएको, कुनै पार्टीको समर्थक नभएको भन्दै गीत, कविता, मुक्तक र क्यारिकेचर प्रस्तुत गरेका थिए । युवाहरुले शुक्रबार बिहान पनि पोखरामा ओलीको पक्षमा मोटरसाइकल र्‍याली तथा प्रदर्शन गरेका थिए ।

साभारः कान्तिपूर अनलाइन