सडक सुरक्षाकोलागि प्रहरीसँग सहकार्य कार्यक्रम


२९ भाद्र, सुर्खेत । नेपाल कै ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेशनले आज सुर्खेतको वीरेन्द्रनगरमा “सडक दुर्घटना हुनवाट बचौं र बचाऔं” नाराका साथ सडक सुरक्षाकोलागि प्रहरी सँग सहकार्य कार्यक्रम सम्पन्न गरेको छ ।

वर्ल्डलिंक सुर्खेत शाखाले आफ्ना कर्मचारीहरुलाई सडकको प्रयोग तथा ट्राफिक नियम सम्बन्धी विविध जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको शाखा प्रमुख कुमार आचार्यले बताउनुभयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र सिंह बुढाथोकी सहभागीहरुलाई सडकको प्रयोग तथा ट्राफिक नियम सम्वन्धी जानकारी दिनुभएको थियो ।