अचम्मको संयोग: ‘जिन्दगी न मिलेगी दोबारा’ मा अभिनय गर्ने सबैको ब्रेकअप


१२ माघ मुम्बई । फरहान अख्तरले १५ वर्ष पुरानो सम्बन्ध तोडे । विवाहको १५ वर्षपछि श्रीमति अधुनासँग उनको सम्बन्ध बिच्छेद भएको छ । फरहानको करिअर चम्काउन हिन्दी फिल्म ‘जिन्दगी न मिलेगी दोबारा’ले राम्रै काम गरेको थियो ।
संयोग नै यस्तो परेको छ । यस फिल्ममा काम गर्ने सबै कलाकारको ब्रेकअप भएको छ । जोया अख्तरको निर्देशनमा बनेको यो फिल्म सन २०११ मा रिलिज भएको थियो ।
चलचित्रमा काम गर्ने अर्जुन (ऋतीक रोशन), कबीर (अभय देओल), लैला (कट्रिना कैफ), नताशा कल्कि कोचलिन यी सबैले आफ्ना जीबनसाथीसँग औपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेका छन् ।
फरहान-अधुना
२०१६ जनावरी २२ मा अफिसियल स्टेटमेन्ट जारी गर्दै फरहान र अधुनाले अलग भएको घोषणा गरे । उनीहरुको सन २००० मा विवाह भएको थियो भने ‘दिल चाहता है’ को सेटमा भेट भएको थियो । अधुना फरहान भन्दा ६ वर्ष जेठी छिन् भने उनीहरुका दुई छोरी समेत छन् ।
रणबीर -कट्रिना
६ वर्षको अफेयर र ६ महिनाको लिभइन रिलेशनपछि रणबीर कपुर र कट्रिना कैफ औपचारिक रुपमै छुटि्टएका छन् । ‘अजब प्रेमकी गज्जब कहानी’ मा उनीहरुको भेट भएको थियो । सोही फिल्ममा काम गर्ने क्रममा उनीहरु नजिकिएका थिए ।
अनुराग-कल्की
निर्देशक अनुराग कश्यक र कल्कि कोचलिनको पनि औपचारिक रुपमा सम्बन्ध बिच्छेद भइसकेको छ । ३० अप्रिल २०११ मा उनीहरुको विवाह भएको थियो । चलचित्र ‘देब डी’ को सेटमा उनीहरुको भेट भएको थियो । कल्की अनुरागको दोस्री श्रीमति हुन् ।
प्रिति देसाई -अभय देवल
चार वर्षसम्म लिभइन रिलेशनमा बसेका प्रिति देसाई र अभय देवलको वारेमा धेरैको अनुमान थियो । उनीहरु अब विवाह गर्नेछन् । तर, अन्तिममा उनीहरुले पनि आ-आफ्नै बाटो लाग्ने निर्णय गरे । सन २०११ मा भेटिएका उनीहरु २०१५ मा छुटि्टसकेका छन् ।
ऋतिक रोशन -सुजैन खान
१२ वर्षकै उमेरमा ऋतिकले सुजैन खानलाई आँखा लाएका थिए । सुजैन ऋतिकको छिमेकी समेत थिइन् । केही वर्षको अफेयरपछि सन २००० मा विवाह गरेका उनीहरुले सन २०१४ मा औपचारिक रुपमा सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका थिए । उनीहरुको दुई छोरा छन् ।
साभारः अनलाइन खबर