ओछ्यानमा पिसाव फेर्नेलाई आयुर्वेदिक घरेलु उपचार


बालबालिकाले जानी जानी ओछ्यानमा पिसाव गर्दैनन् । साधारणतया ३ देखि ५ वर्षको उमेरसम्ममा आफ्नो मुत्रासय नियन्त्रण गर्न सक्छन् । तर केहि बालबालिकाहरु आफ्नो मुत्रासय नियन्त्रणमा राख्न नसक्दा बाध्यतामा निद्रामा ओछ्यानमै पिसाव गर्न बाध्य हुन्छन् । यस्तो समस्या १५ देखि २० वर्ष सम्म पनि देखिन सक्छ ।

जसबाट उनीहरु आफैं लज्जित र हिनताबोध हुने गर्छन् । खासगरी केटिमा भन्दा केटामा अधिक देखिने यो रोग सबैको हाँसोमजाकको बिषय बन्ने गर्दछ । आयुर्वेदले शास्त्रले यस्तो रोगको उपचार घरेलु औषधीबाटै गर्न सकिने उल्लेख गरेको छ । आयुर्वेदले यसलाई समस्याको रुपमा नभई रोगको रुपमा परिभाषित गर्दै आएको छ ।

यस्तो समस्या जाडोयाममा  अधिक देखिने गर्दछ ।  के कारणले ओछ्यान्मा पिसाव गर्छन त ?

– मुत्रासयको मांशपेसि तथा तन्तुमा असंतुलन भएमा –

मुत्रासयको सामान्य नियन्त्रणमा राख्ने मुत्रथैलीको बनावटको कारण

– चिसो तथा पिसाव धेरै लाग्ने पेय पदार्थको अधिक सेवन

– मधुमेह रोग या अन्य हर्मोनका असंतुलन जस्ता दीर्घकालिन रोगको कारण

– निद्रामा अत्यन्त पिसाव लाग्दा मस्तिष्क अवचेतन भइदिँदा आदी

आर्युर्वेदिक उपचार  धनियाको गेडालाई खैरो रंग हुनेगरी भुटेर बनाएको धुलोमा अनारको फूल र तिल मिसाई लेदो बनाउने । त्यस लेदोमा थोरै मिश्रि राखेर सुत्नुभन्दा अगाडी खुवाउने । तर औषधी सेवन गरीसकेपछि  आलु, हरियो चना, चकलेट, कफि वा अन्य मसलेदार खानपान खुवाउनु हुंदैन । सामान्यतया सुत्नुभन्दा पहिले अमला, अदुवा, जीरा, पुदिना र तुलसीको नियमित सेवनले पनि निद्रामा पिसाव गर्ने रोग नियन्त्रण हुने आयुर्वेदमा उल्लेख छ ।

यसरी घरमै बनाएको औषधी बाहेक तयारी आर्युर्वेदिक औषधीहरु पनि पाइन्छ । विशातिन्दुका वटी, शिलाजीतवाडी वटी, चंद्रप्रभा वटी र वगैरहा आदी छन् । तर्सथ ओछ्यानमा पिसाव फेर्ने रोग नियन्त्रण गर्न मुख्य रुपमा तनाव, डर तथा त्रासलाई पनि कम गर्नुपर्ने हुन्छ । त्यस्तै बालबालिकालाई सुत्नुभन्दा अगाडी नियमित पिसाव फेराउने काम पनि गर्नुपर्छ ।

साभारः हाम्रोडाक्टर अनलाइन