काठमाडौं । गीत गाउने चाहना र क्षमता भएर पनि अवसर नपाएकाहरुका लागि खुसीको खबर । गीतकार दर्पण राईले क्षमता भएका तर, अवसर नपाएकाहरुका लागि एउटा उपाय सिकाएका छन् ।
उनले सिकाएको उपाय अनुसार हिंड्ने हो भने गीत गाएर नगद दश हजार र सित्तैमा गीत रेकडिङको अवसर समेत पाईने छ ।त्यसका लागि सबै भन्दा पहिला युट्युवमा गएर तिमीले बाटो फेरेपछि बोलको लिंक खोज्नुपर्छ । त्यहाँ गीतको ट्रयाक भेटिन्छ । उक्त ट्रयाकमा राजेशपायल राई र मेनुका राईको स्वर रहेको ।
त्यहि ट्रयाक सुनेर गीत गाउनुपर्ने छ । गीत जुनसुकै उमेर समुहका महिला पुरुष सबैले गाउन सक्नेछन् । गीत गाएपछि गीतको भिडियो बनाएर युट्युवमा राख्नुपर्ने छ ।
उत्कृष्ट हुनेहरुले नगद दश हजारसहित रेकडिङको सुविधा पाउनेछन् ।
क्षमता भएका तर, अवसर नपाएकाहरुलाई अवसर दिन यस किसिमको अभियान सुरु गरिएको दर्पणले बताए । गीतकार दर्पण मोडलिङमा पनि सक्रिय छन् ।
साभारः अनलाइन खबर



Milan Shrestha । १ माघ २०७२, शुक्रबार ०२:०१ बजे