इन्द्रजित प्रतिभा पुरस्कारबाट धमाला र शाही सम्मानित


७ असार कालीकोट

पुष्पराज न्यौपाने (इन्द्रजित) प्रतिभा पुरस्कारबाट साहित्यकार कृष्णराज धमाला ‘अपूर्ण’ सम्मानित हुनु भएको छ ।

नेपाली साहित्यको उन्नयनको क्षेत्रमा बिशिष्ट योगदान पुगाए बापत धमाला सम्मानीत हुनु भएको हो । तिन दशक देखि साहित्यमा क्रियाशिल धमालाका विरह बिम्ब कविता संग्रह, अनिदो रातका सपनाहरु गजल संग्रह, भिजेको सिरानी मुक्तक, गजल संग्रह, प्रदेशिको बाटो देउडा एल्बम, देउडामा अमर अनिपाल शाही, देउडा बाह्खरी लगायतका कृतिहरु प्रकाशित छन् भने धमालाले रचना गर्नुभएका तिन दर्जन बढि गीतहरु रेकर्ड भएका छन् ।

लामो समय देखि पत्रकारीतामा क्रियाशिल धमालाले खस भाषाको पहिलो चलचित्रमा जिवन्त अभिनय गरि सामाजिक बिकृति बिरुद्ध शंखनाद गर्नु भएको छ । बिभिन्न पत्रिकाहरुको सम्पादन गरि अनुभव सम्हालेका धमालालाई नेपाली गीत, गजल, कविता, मुक्तक, पत्रकारीता, अभिनय क्षेत्रमा योगदान पुगाएको भन्दै प्रतिभा पुरस्कार बाट सम्मानित गरीएको हो । नेपाल नाट्य तथा संगित कला प्रज्ञा प्रतिष्ठान लगायतका दुई दर्जन बढि संघ संस्थाबाट सम्मानित धमाला कर्णालीको साहित्य, कला, संगित बचाउने अभियानमा निरन्तर लागि रहनु भएको छ ।

सोही अवसरमा सामाजिक सेवामा बिशिष्ट योगदान पुगाएको भन्दै धर्मराज शाही पोषण लाई पनि सम्मानित गरिएको छ । विद्यार्थीकाल देखि राजनीतिमा सक्रिय रहँदै सामाजिक सेवामा क्रियाशिल रहँदै सकारात्मक कार्य गरेकोमा शाहीलाई सम्मानित गरिएको अध्यक्ष बिरिन्द्रा न्यौपानेले बताउनु भयो । २०३५ साल फागुन ४ गते कालीकोटको फुकोटमा जन्मिएका पुष्पराज न्यौपाने इन्द्रजितको २०५७ साल पौष २७ गते फुकोट गाविसकै थोल्ममा जनयुद्धका क्रममा राज्य पक्षबाट मारिनु भएको हो । उहाँको सम्झनामा हरेक बर्षको पौष २७ गते पुष्पराज न्यौपाने (इन्द्रजित) प्रतिभा पुरस्कार बितरण गरिने अध्यक्ष न्यौपानेको भनाई छ ।