१६ महिनापछि पर्दामा अनमोल, हेर्नुहोस् ‘ड्रिम्स’को ट्रेलर



करिब १६ महिनापछि पर्दामा देखिन लागेका नायक अनमोल केसी अभिनित चलचित्रड्रिम्सको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकारहरुलाई देखाएपछि यो चलचित्रको ट्रेलर युटुबबाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा नायक अनमोल केसीको दोहोरो रुप देखाइएको छ । प्रेमकालागि मायालु बनेका अनमोल सोही प्रेमका लागि रिसाहा पनि देखिएका छन् ।चलचित्रको लोकेशन, छायांकन गजबको छ । नायक भूवन केसीले पहिलो पटक निर्देशन गरेको यो चलचित्र फागुन २१ गतेबाटलाग्दैछ । हजारौ यूवतीको ढुकढुकी बनेका अनमोलको यो चलचित्रको ट्रेलरले उचाईपाउनेमा निर्माणपक्ष ढुक्क छ ।
साभारः अनलाइन खबर