आफू भन्दा १४ बर्ष कान्छी स्वस्तिमालाई बेहुली बनाए निश्चलले


५ फागुन, नेपाली चलचित्रमा २ वटा मात्र चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक हुन्, निश्चल बस्नेत । उनै निश्चल बस्नेत आज आफ्नो जीवनको नयाँ अध्याय सुरु गर्दैछन् ।


चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका स्वस्तिमा खड्कासँग उनले बिहे गर्न लागेका हुन् । ३४ बर्षका निश्चलले २० बर्षकी मोडल तथा नायिका खड्कालाई बेहुली बनाउन लागेका हुन् । उनको अहिले काठमाण्डौको एक पार्टी प्यालेसमा बिहे भैरहेको छ । बिहेमा उनले सिमित चलचित्रकर्मीलाई मात्र निम्ता गरेका छन् ।
निश्चलले भोली भने चलचित्रकर्मीलाई निम्तो गरेर बिहे पार्टी दिदैछन् । ‘लुट र टलक जंग भर्सेस’ निर्देशन गरेपछि निश्चलले चर्चा पाएका थिए ।

घरपरिवारको निकटताका कारणले पनि स्वस्तिमा र निश्चल निकट भएका थिए । आफूले सरल यूवकको खोजी गरेको र निश्चलमा त्यो गुण भएकाले मन पराएको स्वस्तिमाले बताइन् ।

साभारः अनलाइन खबर