काठमाडौं । नायकबाट चरित्र अभिनेता गर्नुलाई स्वीकार गर्नु कुनै पनि नायक (हिरो) का लागि अत्यन्तै कठिनाइको कुरो हो । हिरोको रुपमा रहेको आफ्नो करियरमा उभिएका अभिनेताका लागि यो कुरा स्वीकार्नु अवश्य पनि पीडादायी नै हुन्छ । किनभने, अब आफ्नो समय गइसक्यो भन्ने स्वीकार गर्नु पनि हो ।
हिरोका रुपमा उनलाई अफर आउन कमी हुन्छ, र चरित्र अभिनेताको अफर आउँछ । धेरै समय लाग्छ हिरोको काँचुली फेर्नलाई कैयौँ कलाकार बुझ्दैनन् र धेरै बेर लगाउँछन् । गोविन्दा पनि यसै दुविधामा जुझिरहेका छन् ।
एक समय उनको नामले मात्र चलचित्र हेर्न जानको भीड हुन्थ्यो । उनको एक मात्र ध्येय उनको चलचित्रले दर्शकलाई भरपूर मनोरञ्जन दिलाओस् र चलचित्र हेरेर दर्शकहरूले पैसाका सदुपयोग भएको ठानुन् भन्ने हुन्थ्यो ।
जनताको यो भावना बुझेर उनले लगातार कैयौँ हिट चलचित्र पनि दिए । तर, परिवर्तित समयलाई बुझेर त्यहीअनुसार चल्न नसक्नु गोविन्दाको कमजोरी रह्यो । भित्रबाट आफूमा परिवर्तन गर्न पनि उनले नचाहेको हो कि ? हिन्दी वेबदुनियाँले मल्टिप्लेक्सको उदयका कारण नयाँ दर्शकदीर्घाको उपस्थितिले गोविन्दाजस्ता अभिनेतामा असर गरेको विश्लेषण गरेको छ ।
मल्टिप्लेक्सको उदयका कारण अचानक एक नयाँ दर्शकवर्गको पनि उदय भयो । उनीहरूको छनोट फरक थियो ।
गोविन्दा, सनी देओल, अनिल कपुर, सुनिल सेट्टी जस्ता अभिनेतालाई यस कारण धेरै नोक्सान बेहोर्नु पर्यो । अक्षय कुमार, अजय देवगत परिवर्तित समयसँगै परिवर्तन भए । बदलिँदो परिस्थितिका साथ उनीहरू आफैँमा पनि परिवर्तन आयो । र, उनीहरूले लामो समयसम्म खेले, अहिले पनि खेलिरहेका छन् ।
वेवदुनियाँ लेख्छ, मध्यदिनमै गोविन्दाको करियर रोकियो । उनले केही बुझ्न सकेनन् । यस्तो आँधी चल्यो कि उनको केही रहेन । आसपास रहेको भीड नछाँटियोस् यसैले उनले राजनीतिको फेरो समाए । चुनाव लडे र जिते । पाँच वर्ष चलचित्र उद्योगबाट टाढा रहे । राजनीतिमा गएपछि उनले बुझे, यहाँ त उनीभन्दा बढी अभिनेता छन् । साथै ग्लामर वर्ल्डको चस्का लागेको उनलाई सजिलै यसबाट धेरै टाढा जान पनि सकेनन् । र यो छुट्दैन पनि ।
राजनीति छाडेर चलचित्रमा आए । तर, जटिलता उस्तै रह्यो । उनका साथी निर्देशक पनि आउटडेटेड भए । ‘पार्टनर’, ‘भागमभाग’, जस्ता चलचित्रमा सेकेन्ड ‘लिड रोल’ निर्वाह गरे । तरपनि फाइदा भएन ।
चरित्र अभिनेताको भूमिका निर्वाह गर्न श्रीमती सुनिताले सल्लाह दिइन् । ‘किलदिल’, ‘ह्याप्पी इन्डिङ’ जस्ता केही चलचित्रमा उनले काम पनि गरे । जो नराम्रोसँग फ्लप भए । यसपछि ‘आ गया हिरो’ नामक चलचित्र गर्ने सोचे । जुन रिलिजको तयारीमा छ । यो चलचित्र गोविन्दाको पुरानो चलचित्र हो जो बनिसकेर तयारी अवस्थामा भएको बताइएको छ ।
तर, यो रिलिज हुन पाएन । अब गोविन्दा यसलाई नयाँ शिराबाट रिलिज गर्न गइरहेका छन् । आफैँलाई एउटा अवसर दिइरहेका छन् उनी । यो गोविन्दाको आखिर दाउ हो । वेब दुनियाँ लेख्छ, अब हुन सकेन भने, कहिले हुन सक्दैन । चलचित्र चलेन भने अर्को अवसर उनलाई सायदै मिल्छ होला । चलचित्रको ट्रेलर हेर्दा चलचित्र चल्न गाह्रो छ । असीको दशकको बी ग्रेड फिल्म जस्तो लाग्छ ।
गोविन्दा निसन्देह राम्रा अभिनेता हुन् । थोरै भ्रमित भए अन्यथा उनलाई अहिले पनि राम्रो अवसर मिल्न सक्छ । यसका लागि उनलाई हिरो बन्ने लक्ष्य छोड्नु पर्छ र केही राम्रो भूमिकाको खोजी गर्नु पर्छ । उनी अहिले पनि त्यस्तै सिनेमा गर्न चाहान्छन् जुन उनी आफू सुपरहिट हुँदा गर्थे । सलमान खानले उनलाई एक राम्रो चलचित्र अफर गरेका थिए, जसलाई महेश मान्जरेकरले निर्देशन गर्ने थिए । यो कलात्मक चलचित्र थियो । तर गोविन्दाले यो उनको प्रकारको चलचित्र होइन भनेर नकारिदिए ।
साभारः वाह्रखरीअनलाइन



Prawash Kumar Shakya । २९ माघ २०७३, शनिबार ०१:४९ बजे