दुबई । युएईको दुबईमा आयोजना भएको मोडल संघ अवार्डको उत्कृष्ट निर्देशन अवार्डबाट नन्दा बस्याल सम्मानित भएकी छिन् ।
नेपालका चर्चित कलाकारहरुको प्रस्तुति सहित वर्ड दुबईको मोन्ट क्लवमा अवार्ड सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित रहेको आयोजकले बताएका थिए । अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो ।
नेपालमा सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शोहरु आयोजना गरेर चर्चा कमाएको मोडल संघनेपालले आयोजना गरेको अवार्ड कार्यक्रमा नन्दालाई तिज गितको उत्कृष्ट निर्देशन बापत उक्त अवार्ड प्रदान गरिएको थियो ।
सुर्खेतको वीरेन्द्रनगरमा २०४० सालमा जन्मिएकी नन्दा खेलाडी र कलाकारको रुपमा स्थापित छिन् । तेक्वान्दोकी ‘फाईभ डन’ नन्दाले कलाकारितामा पनि अब्बल बन्ने लक्ष्य राखेकी छिन् । गायिका, नायिक, नृत्य निर्देशक हुँदै निर्देशकसम्मको परिचय उनले बनाइसकेकी छन् ।
नन्दालाई अहिले धेरैले खेलाडी भन्दा कलाकारका रुपमा चिन्छन् । उनी अभिनय गर्छिन् । कुशल नृत्यकार हुन् ।
चर्चित हाँस्यव्यङ्ग्य टेलिशृङ्खला ‘झ्याईकुटी झ्याई’ देखि अहिले उनी जनता टेलिभिजनबाट प्रशारण हुने नाटक ‘मानव’ मा अभिनय गरिरहेकी छिन् ।
साभारःविकास टाईम्स ।
Milan Shrestha । ११ आश्विन २०७५, बिहीबार २१:५४ बजे